Kathmandu Press

एसएसपी सुशीलकुमार यादव झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं, पुस ९ : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।आज (शुक्रबार) बिहान उनी आफू सुत्ने कोठामै झुन्डिएको अवस्थामा...
एसएसपी सुशीलकुमार यादव झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं, पुस ९ : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

आज (शुक्रबार) बिहान उनी आफू सुत्ने कोठामै झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ। उनी संघीय एकाइ कार्यालय भैरहवामा कार्यरत थिए। 

बिहान खाजा खाने समयमा हेर्दा ढोका नखोलेपछि झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा देखिएको प्रहरीरीले जनाएको छ। उनको मृत्युबारे अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्