उपत्यकाका सबै कानून व्यवसायीलाई आन्दोलनमा सक्रिय सहभागी हुन बारको आह्वान
काठमाडौं, पुस ९ : नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा जारी आन्दोलनमा सक्रिय रुपमा सहभागि हुन उपत्यकाकामा रहेका सबै कानून व्यवसायीलाई आह्वान गरेको छ। बारका सचिव...
काठमाडौं, पुस ९ : नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा जारी आन्दोलनमा सक्रिय रुपमा सहभागि हुन उपत्यकाकामा रहेका सबै कानून व्यवसायीलाई आह्वान गरेको छ।
बारका सचिव अधिवक्ता मनोजकुमार चौधरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चमा बिहान ११ बजेदेखि १२ बजेसम्म गरिने आन्दोलनमा सबै कानून व्यवसायीहरुलाई सहभागि हुन आह्वान गरेका हुन्।
सर्वोच्चमा विगत डेढ महिनादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध आन्दोलन चलिरहेको छ। जबराको विवादित भूमिकालाई लिएर बारले आन्दोलन गरेको हो। अदालत प्रशासनले केही दिनअघि सर्वोच्च परिसरमा आन्दोलन नगर्न कानून व्यवसायी र बारलाई चेतावनी दिएको थियो।
सर्वोच्चको चेतावनीका बाबजुद बारले आन्दोलनलाई थप शसक्त बनाउँने घोषणा गरेको थियो। प्रधानन्यायाधीशले राजीनामा नगरेसम्म आफूहरुको आन्दोलन स्थगित नहुने बारले घोषणा गरिसकेको छ।












