बाग्मतीमा चौथो पटक मन्त्रीपरिषद् विस्तार हुँदै, कोको बन्दैछन् मन्त्री ?
काठमाडौं, पुस ९ : बाग्मती प्रदेशमा चौथो पटक मन्त्रीपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्। बाग्मतीमा गठबन्धनको...
काठमाडौं, पुस ९ : बाग्मती प्रदेशमा चौथो पटक मन्त्रीपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्।
बाग्मतीमा गठबन्धनको सरकार रहेका कारण सबै दललाई मिलाएर लैजानका लागि यसअघि कायम रहेका ८ मन्त्रालययलाई विभाजन गरी मन्त्रालयको संख्या १४ बनाइएको छ। मन्त्रालयको संख्या थपेर आर्थिक भार बढाइएको भन्दै मुख्यमन्त्री पाण्डेको चौतर्फी आलोचना समेत भएको छ।
शुक्रबार कांग्रेसबाट तीन जना मन्त्री र दुईजना राज्यमन्त्रीको शपथ ग्रहणको तयारी रहेको बताइएको छ। प्रदेश सरकारमा मन्त्रीको नाम पठाउने सम्बन्धमा कांग्रेस संसदीय दल र मुख्यमन्त्री पाण्डेबीच आजै छलफल हुनेछ।
कांग्रेसबाट राधा घले, बलराम सुवेदी, दीपेन्द्र श्रेष्ठ, सन्त चेपाङ र रजनी जोन्छेको नाम मन्त्री बन्न चर्चामा छ । स्रोतका अनुसार चेपाङ र जोन्छेलाई राज्यमन्त्री बनाउने तयारी छ ।
कांग्रेसले उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति तथा पर्यटन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बुझिएको छ । यसअघि कांग्रेसबाट भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्री नियुक्त भइसकेको छ ।











