Kathmandu Press

सुनको मूल्य २०० ले घट्यो, चाँदीको स्थिर 

सुनको मूल्य २०० ले घट्यो, चाँदीको स्थिर 

काठमाडौं, पुस ९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ। 

पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९२ हजार ६०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार  प्रतितोला रु एक हजार २६०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:५१ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्