Kathmandu Press

कांग्रेस प्रदेश २ को सपभातिमा कृष्ण यादव निर्वाचित

जनकपुर, पुस ९ : नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन्।कांग्रेस प्रदेश संसदीय दलका नेता राम सरोज...
कांग्रेस प्रदेश २ को सपभातिमा कृष्ण यादव निर्वाचित

जनकपुर, पुस ९ : नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन्।

कांग्रेस प्रदेश संसदीय दलका नेता राम सरोज यादवलाई १४१ मतान्तरले पराजित गर्दै उनी सभापति बनेका हुन्। उनले उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन्।

सभापतिमा निर्वाचित कृष्णले ९९६ मत पाए भने रामसरोजले ८५५ मत प्राप्त गरेका छन्। चुनावमा १८८१ मत खसेको थियो।

विमलेन्द्र निधि पक्षबाट रामसरोज उम्मेदवार बनेका थिए। उनलाई डा। शेखर कोइराला पक्षले पनि समर्थन गरेको थियो।

प्रदेश सभापतिमा निर्वाचित भएपछि संचारकर्मीसँग कुराकानी गर्दै यादवले सबैलाई समेटेर अगाडि बढने बताए। पार्टी बलियो बनाउने र आउने चुनावमा जित दिलाउने गरि काम गर्ने उनको भनाइ थियो।

प्रदेश कार्यसमितिका अन्य पदको मतगणना आजै शुरु हुने निर्वाचन समितिले जनाएको छ। अन्य पदमा पनि दुवै पक्षका उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: ०८:२६ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्