Kathmandu Press

रानीपोखरीको स्वामित्व काठमाडौं महानगरलाई हस्तान्तरण

काठमाडौं, पुस ९ : पुननिर्माण प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौं महानगरपालिकालाई रानीपोखरीको स्वामित्व हस्तान्तरण गरेको छ ।बिहिबार पोखरी परिसरमा एक कार्यक्रम आयोजना गरेर प्राधिकरणका...
रानीपोखरीको स्वामित्व काठमाडौं महानगरलाई हस्तान्तरण

काठमाडौं, पुस ९ : पुननिर्माण प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौं महानगरपालिकालाई रानीपोखरीको स्वामित्व हस्तान्तरण गरेको छ ।

बिहिबार पोखरी परिसरमा एक कार्यक्रम आयोजना गरेर प्राधिकरणका प्रमुख कार्यकारी शुशिल ज्ञवालीले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई पोखरी हस्तान्तरणको कागज प्रदान गरेका हुन् । रानीपोखरीको पहिलो चरणको पुननिर्माण सम्पन्न भएको छ । 
राष्ट्रिय पुननिर्माण प्राधिकरणको अवधि शुक्रबारबाट सकिँदैछ । मल्लकालमा तत्कालीन राजा प्रताप मल्लले निर्माण गर्न लगाएको पोखरीको इतिहासलाई संरक्षण गर्दै पुननिर्माण गरिएको थियो ।

२०७२ सालको भूकम्पले पोखरी जीर्ण भएको थियो । यसको पुननिर्माणका क्रममा असमन्वय र पोखरीका विचमा रहेको मन्दिरको शैलीका विषयमा मतान्तर भएपछि तत्कालीन प्रधानमन्त्री के. पी. शर्मा ओलीको आग्रहमा पुननिर्माणपछि महानगरको स्वामित्व कायम रहने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई पुननिर्माणको जिम्मेवारी दिइएको थियो ।

हस्तान्तरण समारोहमा बोल्दै मेयर शाक्यले भने, ‘प्राधिकरणले पोखरी पुननिर्माण गर्दा महानगरले गरेका निर्णय कार्यान्वयन गनुपर्र्ने शर्तमा आधारमा दिइएको थियो । पुननिर्माण यसैअनुरुप भएको हो ।’ त्यसबेला पोखरीको विचमा रहेको बालगोपालेश्वर मन्दिर गुम्बज शैलीको थियो ।

२०७४ पुष १३ गते र त्यसै बर्ष चैत २२ गते महानगरका मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेका २ वटा बैठकका निर्णयका आधारमा त्यो मन्दिरलाई मल्लकालीन ग्रन्थकुट शैलीमा पुननिर्माण गरिएको हो ।

२०७५ फागुन १५ गते कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको ‘रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति’ को सदस्यहरुमा महानगरपालिकाले तोकेका ३ जना जनप्रतिनिधिहरु थिए । 

हस्तान्तरण समारोहमा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सकेसम्म महानगरपालिकाले नै पुननिर्माण गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको बताईन् । यसलाई प्राधिकरणले पुननिर्माण गरेर महानगरलाई हस्तान्तरण गरेको छ । यो हामी सबैको खुशीको क्षण हो । रानी पोखरी काठमाडौँको प्रतीक हो । यसले काठमाडौँलाई र काठमाडौँको व्यवस्थापन गर्ने जनप्रतिनिधिलाई पनि चिनाएको छ । यसबाट आफू पनि परिचित हुन पाएकी छु । यसमा मलाई गर्व छ । उपमेयर खड्गी श्रेष्ठ भनिन्, ‘उतारचढावविच काम सम्पन्न भयो । सहभागिता भयो भने समृद्धिमा पुग्न समय लाग्दैन भन्ने यो एउटा उदाहरण पनि हो ।’

पोखरीको पूर्वमा त्रिचन्द्र कलेज र घण्टाघर, पश्चिममा दरबार हाईस्कूल, उत्तरमा जमल र दक्षिणमा शान्ति वाटिका रहेको छ । पुननिर्माणको पहिलो चरणमा पोखरी र विचमा रहेको मन्दिर, मन्दिर पुग्ने पुल निर्माण सम्पन्न भइसकेको छ । उपभोक्ता समितितर्फ ८ करोड १५ लाख रुपैयाँमा पोखरीमा कालीमाटी राखेर निर्माण गरेका हुन् । २०७५ चैत ११ गतेबाट थालिएको काम २०७७ साउन ३० गते सकिएको थियो । ठेक्कातर्फ १७ करोड ४५ लाख रुपैयाँमा बालगोपालेश्वर मन्दिर र पोखरीको बाहिरी भाग बनाउने गरी करीव २६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । पुननिर्माण गर्दा परम्परागत निर्माण सामग्रीहरु चुना, सुर्खी, बालुवा, काठ, माअप्पा, दची अप्पा, फ्याको प्रयोग गरिएको छ ।

दोस्रो चरणमा उत्तरपट्टि टिकट काउन्टरसहितको पार्क र दक्षिणतर्फ सत्तल, गोलपाटीसहितका संरचना तयार हुँदैछन् । योजनाको ९० प्रतिशत काम सकिएको छ । सरकारले २०७५ माघ १४ गते प्राधिकरणमार्फत पुननिर्माणको काम गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: २१:१३ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्