Kathmandu Press

अमेरिकामा फेरि गोली प्रहार, पाँचको मृत्यु, २१ घाइते

ह्युस्टन, भदौ १५ : अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ। घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरु २१ जना घाइते भएका छन्।

टेक्सास राज्यअन....

अमेरिकामा फेरि गोली प्रहार, पाँचको मृत्यु, २१ घाइते

ह्युस्टन, भदौ १५ : अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ। घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरु २१ जना घाइते भएका छन्।

टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा नगरमा शनिबार दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न श्वेतवर्णका झण्डै ३५ वर्षे बन्दुकधारीमाथि प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो। तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको छैन।

Hardik ivf

‘टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीहरुले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेका थिए। त्यसपछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको थिए,’ ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा भने।

आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले पनि बताएका छन्। ‘घटनापछि धेरै पीडित भएका छन्,’ गर्कले भने। घटनामा परी घाइते भएका मध्ये तीन जना सुरक्षाकर्मी रहेका छन्।  

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै घटनामा बारेमा आफूलाई महान्यायाधिवक्ताले जानकारी गराएको उल्लेख गरेका छन्। उनले सुरक्षाकर्मी र अनुसन्धानकर्ताहरुलाई पूर्ण रुपमा परिचालन गरिएको पनि बताएका छन्।

टेक्सासका गभर्नर जर्ज अब्बेटले एक वक्तव्य जारी गर्दै क्रुर र विवेकहीन घटनाबाट आफू र आफ्नी श्रीमती अत्यन्त दुःखित भएको उल्लेख गरेका छन्।
गत अगस्ट ३ मा टेक्सासको एल पासोमा भएको यस्तै गोलीकाण्डमा २२ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, भदौ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्