Kathmandu Press

कांग्रेस महाधिवेशनः १२ दिनमा सकियो सबै पदको मतगणना 

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ ।पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज...
कांग्रेस महाधिवेशनः १२ दिनमा सकियो सबै पदको मतगणना 

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सबै पदको मतगणना सम्पन्न भएको हो । कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सबै पदको मतगणना सम्पन्न भएकाले आजै रातिसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

कांग्रेसले यसअघि पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्य, प्रदेश पुरुष तथा महिला केन्द्रीय सदस्य, दलित महिला तथा पुरुष केन्द्रीय सदस्य, मुस्लिम, थारु, मधेसीलगायत क्लस्टरअनुसारको मतगणना सम्पन्न गरिसकेको छ । बाँकी रहेका आदिवासी जनजाति केन्द्रीय सदस्य, खस आर्य केन्द्रीय सदस्य महिला तथा पुरुषको पनि गणना अन्तिम चरणमा पुगेकाले आजै सबै सूची सार्वजनिक गरिने संयोजक घिमिरेले जानकारी दिए ।

निर्वाचित उम्मेदवारलाई भोलि (शुक्रबार) प्रमाणपत्र वितरण गर्ने कार्यक्रमसमेत निर्वाचन समितिले गरेको छ । कांग्रेसले १४औँ महाधिवेशनमा १३४ कार्यसमितिका लागि निर्वाचन गरेको थियो । निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

कांग्रेसको १४औँ महाधिवेशनबाट वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति: १९:३४ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्