Kathmandu Press

कांग्रेस आदिवासी जनजातितर्फ को-को भए केन्द्रीय सदस्य ? 

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।आदिवासी जनतातितर्फ खुला र महिला...
कांग्रेस आदिवासी जनजातितर्फ को-को भए केन्द्रीय सदस्य ? 

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

आदिवासी जनतातितर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । खुलातर्फ आठ र महिलातर्फ सात पदका लागि भएको निर्वाचनमा १४ जना संस्थापन समूहका उम्मेदवारहरू विजयी भएका छन्।  

खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी भएका छन्।​

टेकप्रसाद गुरुङ संस्थापन इतर समूहका उम्मेदवार हुन्। बाँकी ७ विजयी उम्मेदवार सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका हुन्।  त्यस्तै महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित भएका छन्।

निर्वाचित हुनेमा सिता गुरूङ (२३०७), अन्जनी श्रेष्ठ (२१३५), सरस्वती वजीमय (२०५९), माया राई (१८६३), गंगालक्ष्मी अवाल (१८६२), सीता कुमारी राना (१८२६) र सुशीला थिङ (१७९१) छन्। 

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्