शिक्षक सेवा आयोगमा साढे १७ हजार दरबन्दी खुला गर्ने सरकारी तयारी
काठमाडौं, पुस ९ : सरकारले शिक्षक सेवा आयोगमा साढे १७ हजार दरबन्दी खुला गर्ने तयारी गरेको छ ।बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा...
काठमाडौं, पुस ९ : सरकारले शिक्षक सेवा आयोगमा साढे १७ हजार दरबन्दी खुला गर्ने तयारी गरेको छ ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगमा साढे १७ हजार दरबन्दी खुला गर्ने तयारीमा सरकार रहेको बताएका हुन् ।
उनले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा शिक्षक सेवा आयोगले दिएको दरबन्दी आवश्यकता पूरा गर्ने गरी विज्ञापन खुला गरिने जानकारी दिए । उनले पाँच वर्ष शिक्षक सेवा दिएर बढुवा हुनुपर्ने नियमअनुसार बढुवा गर्ने तयारीमा रहेको पनि जानकारी गराए ।
त्यस्तै मन्त्री पौडेलले प्रारम्भिक बाल शिक्षा पढाउने शिक्षकलाई ६ हजार रुपैयाँ तलबमा काम गर्न लगाउनु अन्याय भएको पनि बताए ।
प्रकाशित मिति: १८:५७ बजे, बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











