Kathmandu Press

चिट चोर्न नपाएको भन्दै प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

काठमाडौं, पुस ९ : परीक्षामा चिट चोर्न नपाएको भन्दै प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन्।रत्न राज्यलक्ष्मी क्याम्पसमा सञ्चालित आन्तरिक (प्रयोगात्मक) परीक्षाका...
चिट चोर्न नपाएको भन्दै प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

काठमाडौं, पुस ९ : परीक्षामा चिट चोर्न नपाएको भन्दै प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन्।

रत्न राज्यलक्ष्मी क्याम्पसमा सञ्चालित आन्तरिक (प्रयोगात्मक) परीक्षाका क्रममा पुस ६ गते सोही क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि स्टिलको जग प्रहार गरी आक्रमण गरेका थिए।

जेठाराको आक्रमण प्राध्यापक प्रकाश पुडासैनी घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।  

बिहीबार एक सूचना प्रकाशित गर्दै क्याम्पस प्रमुख डा जीवनधर ज्ञवालीले विद्यार्थी जेठारालाई क्याम्पसबाट निष्कासन गरिएको र उनीविरुद्ध कानुनी कारबाही अगाडि बढिसकेको जानकारी दिएका छन्।

क्याम्पसले जेठारालाई निष्कासन गर्ने निर्णय गरेपछि आन्दोलनमा रहेका प्राध्यापकहरु नियमित काममा फर्किएका छन्। 

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्