Kathmandu Press

राष्ट्रिय सम्मेलनका लागि प्रचण्डको दस्तावेज तयार, शुक्रबार स्थायी कमिटी बैठक

काठमाडौं, पुस ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी राष्ट्रिय सम्मेलनमा पेश हुने दस्तावेज तयार पारेका छन् । उनले करिब १५...
राष्ट्रिय सम्मेलनका लागि प्रचण्डको दस्तावेज तयार, शुक्रबार स्थायी कमिटी बैठक

काठमाडौं, पुस ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी राष्ट्रिय सम्मेलनमा पेश हुने दस्तावेज तयार पारेका छन् । उनले करिब १५ दिन लगाएर सम्मेलनमा पेश हुने दस्तावेज लेखेका हुन्। 

प्रचण्डले तयार पारेको दस्तावेजलाई स्थायी कमिटीको बैठकले अनुमोदन गरेपछि आगामी राष्ट्रिय सम्मेलनमा पेश हुनेछ। छलफलका लागि शुक्रबार स्थायी समिति बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । 

ढकालका अनुसार शुक्रबार बिहान ८ बजे स्थायी कमिटी बैठक बोलाइएको छ। 

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि शुरु हुनेछ। 

प्रकाशित मिति: १७:४३ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्