Kathmandu Press

उद्यमीलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिइने

काठमाडाैं, पुस ८ : व्यवस्थापकीय कौशलता तथा व्यावसायिक रणनीति निर्माणका नयाँ आधार अवलम्बन गर्ने उद्देश्यले आगामी माघ ७ गते काठमाडौंमा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण...
उद्यमीलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिइने

काठमाडाैं, पुस ८ : व्यवस्थापकीय कौशलता तथा व्यावसायिक रणनीति निर्माणका नयाँ आधार अवलम्बन गर्ने उद्देश्यले आगामी माघ ७ गते काठमाडौंमा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम गरिने भएको छ । 

कोरोना महामारीबाट सङ्कटग्रस्त बनेका उद्योग क्षेत्रका प्रतिनिधिका साथै विभिन्न उद्यमशीलमा संलग्न व्यवसायीलाई लक्षित गरिएको उक्त कार्यक्रममा उनीहरु संलग्न क्षेत्रमा थप सफलता प्राप्त गर्न आवश्यक आशा, उत्साह, उत्प्रेरणा र हौसला प्रदान गरिने छ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल, ज्ञानपुञ्ज स्कुल अफ लिडरसिप र जिनियस इन्साइडर प्रालिको संयुक्त आयोजनामा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक हरि डुम्रेले विभिन्न आठ विधामा विश्व कीर्तिमान राखेका डा. विवेक विन्द्राले प्रशिक्षण दिने जानकारी दिए। 

अन्तर्राष्ट्रिय तहमा प्रशिक्षण दिनुभएका डा विन्द्राले विगतमा शुन्य अवस्थादेखि सफल व्यवसायी भएका अन्तर्राष्ट्रिय व्यक्तित्वको कार्यशैली, जोखिम वहन गर्ने सक्षमताका विषय वस्तुसमेत प्रस्तुत गर्ने कार्यक्रम छ।

शिक्षाविद् भोजराज शाहले प्रशिक्षणमा सहभागी उद्यमीलाई वित्तीय क्षेत्रमा देखा परेको तरलता, आर्थिक मन्दीलाई सामना गर्न नयाँ चिन्तन तथा बहुआयामिक विचार निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आध्यात्मिक पुस्तक गीताका साथै अन्य धार्मिक ग्रन्थका दार्शनिक पक्षबारे समेत प्रशिक्षणमा दिइने बताइएको छ। 

प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्