Kathmandu Press

कांग्रेस महाधिवेशन : पुरुष खसआर्य केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकीकाे अग्रता

काठमाडौं, पुस ८ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विभिन्न क्लस्टरमा पुरुष खसआर्य केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ।सातवटा कोटाका लागि भएको निर्वाचनमा...
कांग्रेस महाधिवेशन : पुरुष खसआर्य केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकीकाे अग्रता

काठमाडौं, पुस ८ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विभिन्न क्लस्टरमा पुरुष खसआर्य केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ।

सातवटा कोटाका लागि भएको निर्वाचनमा ११ जनाले उम्मेदवारी दिएका थिए। अहिलेसम्म ३  हजार ८२६ मत गनिसक्दा पूर्वमन्त्रीसमेत रहेका केशवकुमार बुढाथोकी अग्रस्थानमा छन्। उनले १ हजार ६६६ मत पाइसकेका छन्।

त्यस्तै १ हजार ६४२ मत सहित गोविन्दबहादुर शाह दोस्रो स्थानमा रहँदा मधु आचार्य १ हजार ५५० मतसहित तेस्रो स्थानमा छन्।

चौथो स्थानमा रहेका भीम पराजुलीले १ हजार ५४९ मत ल्याउँदा श्यामकुमार घिमिरे १ हजार ४८६ मत पाई पाँचौ स्थानमा छन्।

त्यसपछि क्रमशः नारायणबहादुर कार्कीले १ हजार ४४५, गेहेन्द्र गिरीले १ हजार ३९३, विष्णुकुमार कार्कीले १ हजार ३४६, कमलबहादुर शाहले १ हजार ३३८, हरिबोल भण्डारीले १ हजार २८९ र ताराबहादुर कोइरालाले १  हजार २८९ मत पाएका छन्।

बाँकी मत गन्ने कार्य भइरहेको केन्द्रीइ निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्