मुलुकभर २९३ जनामा कोरोना संक्रमण, २९३ जना डिस्चार्ज
काठमाडौं, पुस ८ : मुलुकभर पछिल्लो चौबिस घण्टाको अवधिमा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार...
काठमाडौं, पुस ८ : मुलुकभर पछिल्लो चौबिस घण्टाको अवधिमा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२६ नमूनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ९ हजार ५१० नमूनाको पीसीआर परीक्षण गर्दा २४१ जनामा संक्रमण देखिएको छ भने २ हजार ११६ नमूनाको एन्टीजेन परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो।
सोही अवधिमा २९३ जना कोरोना जितेर घर फर्किएका छन् भने २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
योसंगै मुलुकभर कोरोना संक्रमितकोा कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ । त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ९ हजार ९२२ पुगेको छ। कोरोनाका कारण हालसम्म ११ हजार ५८१ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेको छ । जसमध्य ४ हजार ९१० जना होम आइशोलेसनमा रहेका छन्। त्यस्तै २५१ जना संस्थागत आइशोलेसनमा छन् भने ९९ जना क्वारेन्टिनमा छन्।
यसैगरी ९६ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।











