Kathmandu Press

प्रधानन्यायाधीशको बहिर्गमनबारे संसदमा छिट्टै छलफल भई निष्कर्ष निस्कनेछ : बार अध्यक्ष

काठमाडाैं, पुस ८ : नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनबारे छिट्टै छलफल हुने र निष्कर्ष निस्कने विश्वास व्यक्त गरेका...
प्रधानन्यायाधीशको बहिर्गमनबारे संसदमा छिट्टै छलफल भई निष्कर्ष निस्कनेछ : बार अध्यक्ष

काठमाडाैं, पुस ८ : नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनबारे छिट्टै छलफल हुने र निष्कर्ष निस्कने विश्वास व्यक्त गरेका छन्।

आज (बिहीबार) सर्वोच्च अदालतमा गरिएको बारको नियमित विरोधको कार्यक्रमपछि पत्रकारहरसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण हुन थालेको संकेत देखिएको बताए। 

‘न्यायपालिकाको गरिमा कायम राख्न, न्यायपालिका निष्पक्ष, स्वच्छ, स्वतन्त्र बनाउन सरकारदेखि लिएर प्रतिपक्षसम्मले विशेष पहल, भूमिका निर्वाह गर्नुपर्दछ भन्ने बारले आवाज उठाउँदै आएको थियो,’ उनले भने, ‘दलका नेताहरूले ध्यान दिएको भन्ने लागेको हामीले पाएका छौं।’

‘सेवाग्राहीलाई सर्वसुलभ, निष्पक्ष न्याय, स्वच्छ न्याय दिलाउन हामी उहाँ (न्यायाधीश जबरा) ले चाहेअनुसारको बहिर्गमन गराउने एउटा अर्को बाटो छ संसद,’ उनले भने, ‘त्यो संसद्को थलोमा अहिले हाउस चलिराखेको हुनाले त्यहाँ छिट्टै छलफल हुने नै छ। त्यहाँबाट एउटा निष्कर्ष निस्कन्छ।’

प्रधानन्यायाधीश जबराको आगमन अदालतमा जति दिन हुन्छ, त्यति नै दिनसम्म न्यायपालिकाको आस्था तल जाँदै गर्ने उनको भनाइ थियो।

न्यायपालिकाको आस्था कायम राख्न बार सधैं ‘वाचडग’का रूपमा रहेको उनले स्पष्ट पारे। अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेल बारले गर्दै आएको विरोधको कार्यक्रमले निरन्तरता पाउने बताए।

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्