चार्ल्स शोभराजको मुद्दा : सरकार र कारागारको नाउँमा कारण देखाउ आदेश जारी
काठमाडौं, पुस ८ : सर्वोच्च अदालतले फ्रान्सेली ‘सिरियल किलर’ चार्ल्स शोभराजको मुद्दामा सरकारविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ। बिहीबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिंन्हाको एकल...
काठमाडौं, पुस ८ : सर्वोच्च अदालतले फ्रान्सेली ‘सिरियल किलर’ चार्ल्स शोभराजको मुद्दामा सरकारविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिंन्हाको एकल इजलासले उमेर हद पुगिसक्दा पनि शोभराजलाई के कारणले रिहा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गरेको हो।
शोभराजले बुधबार उमेर हद पुगिसकेका कारण कारागारबाट रिहाई गरिपाउँ भन्दै शोभराजले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। उक्त रिट निवेदन बिहीबारका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासको पहिलो नम्बरमा परेको थियो।
कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको छ।
तर विदेशी कैदीबन्दीको हकमा उक्त नियमावलीले केही नबोलेको कारण के गर्ने भन्ने अन्योल नै रहेको छ । शोभराजले भने आफ्नो उमेर ७७ वर्ष पुगिसकेको कारण आफूले पनि उक्त सुविधा पाउनुपर्ने दावी गर्दै आएका छन्।
४६ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानेडाली नागरिक लरेन्ट केरिरेको हत्या अभियागमा शोभराजलाई फरकफरक मुद्दामा काठमाडौँ र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
शोभराजविरुद्ध नेपालबाहेक भारत, थाइल्यान्ड, टर्की, ईरान लगायतका देशमा २० जनाभन्दा बढीको हत्या गरेको अभियोग छ।











