देशको रक्षाका लागि एकीकृत समाजवादी चिन्तनशील छ : नेपाल
कोहलपुर, पुस ८ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको रक्षाका लागि एकीकृत समाजवादी पाटी चिन्तनशील रहेको बताएका छन्।आज (बिहीबार) समाजवादी प्रेस...
कोहलपुर, पुस ८ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको रक्षाका लागि एकीकृत समाजवादी पाटी चिन्तनशील रहेको बताएका छन्।
आज (बिहीबार) समाजवादी प्रेस सगठन बाँकेले कोहलपुरले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली जनताको स्वास्थ्य, शिक्षा, रोजागारी र जनताको हितका विषयमा पाटी गम्भीर रहेको बताए। जनताको विश्वास जित्न आफूहरू लागिपरेको उनको भनाइ थियो।
उनले एमसिसीबारे पार्टीमा र सत्तारुढ गठबन्धनमा छलफल भइरहेको जानकारी दिए। नेतालाई मन परेको कुरा जनतालाई मन नपर्ने र जनतालाई मन नपरेको कुरा नेतालार्इ मन पर्ने हुन सक्ने भएकाले त्यस्तो विषयमा छलपmल हुनुपर्ने आवश्यकता उनले औंल्याए।
सोही क्रममा उनले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध भएर लैजाने पक्षमा रहेको बताए। चुनावी सिलसिला सुरु भएको र चुनावहरूमा आफूहरुले विजय प्राप्त गर्ने बताए।
एकीकृत समाजवादीका विभिन्न काम व्यवस्थित हुँदै पालिका, जिल्लाहरुमा कमिटी गठन गर्नै काम भइरहेको उनको भनाइ थियो।











