Kathmandu Press

एमसीसीका कारण गठबन्धन टुट्दैन, टुट्न पनि हुँदैन : प्रचण्ड

काठमाडौं, पुस ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन्। एक...
एमसीसीका कारण गठबन्धन टुट्दैन, टुट्न पनि हुँदैन : प्रचण्ड

काठमाडौं, पुस ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन्। एक अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले एमसीसी पारित नभएपनि सत्तारुढ गठबन्धन नटुट्ने बताएका हुन्। 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही परिमार्जन गर्नुपर्ने पक्षमा रहेको बताउँदै प्रचण्डले एमसीसी पारित नहुँदा अथवा केही समय लाग्दा पनि गठबन्धनमा समस्या उत्पन्न नहुने दाबी गरेका हुन्। ‘कुनैपनि हालतमा गठबन्धन टुट्दैन, टुट्न पनि हुँदैन,’ उनले भने । 

उनले वर्तमान राजनीतिमा गठबन्धनले नै देशलाई अगाढि बढाउन सक्ने जिकिर गरे । एमसीसी सम्झौताको आधिकारिक दस्तावेजमा संसदबाट अनुमोदन हुने विषय नभएको तर पछि समावेश गरिएको भन्दै प्रचण्डले यसैका कारण आशंका उत्पन्न भएको बताए । 

उनले जबर्जस्ती पारित गर्न खोजेमा अप्ठेरो स्थिति आउने भन्दै विवादका विषय अध्ययन गर्न गठित कार्यदलले काम गरिरहेको बताए ।

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्