नाडा अटो सोमा विद्युतीय स्कुटरको आकर्षण
काठमाडौं, भदौं १५ : नाडा अटो सो–२०१९ मा विद्युतीय सवारीप्रति आकर्षण देखिएको छ। त्यसमा पनि विद्युतीय स्कुटरले धेरैको ध्यान तानेका छन्।
....

काठमाडौं, भदौं १५ : नाडा अटो सो–२०१९ मा विद्युतीय सवारीप्रति आकर्षण देखिएको छ। त्यसमा पनि विद्युतीय स्कुटरले धेरैको ध्यान तानेका छन्।
नाडा अटो सोमा जापानी विद्युतिय स्कुटर कम्पनी मियामा इलेक्ट्रिक स्कुटर प्रदर्शनीमा राखिएका छन्। नेपालका लागि आधिकारिक वितरक मियामा मोटर्स प्रालिले चार प्रकारका विद्युतीय स्कुटर प्रदर्शनीमा राखेको छ।
जसमा एसडी–१, वेवाई–१, एलवाई–१ र सिजेवाईको–१ रहेका छन्। कम्पनीका अनुसार, एसडी–१ को मूल्य एक लाख ४९ हजार, वेवाई–१ को मूल्य एक लाख ६८ हजार, एल वाई–१ को मूल्य एक लाख ६५ हजार र सिजेवाईको–१ को मूल्य एक लाख ६४ हजार रहेको छ।
कम्पनीले स्कुटरको ब्याट्रीमा एक वर्ष, मोटरमा दुई वर्ष र कन्ट्रोलरमा एक वर्ष वारेन्टी दिएको छ।
मियामा मोटर्स प्रालीका म्यानेजिङ डाइरेक्टर समिर यादवले विद्युतीय स्कुटरमा सोचेभन्दा राम्रो भएकाको बताए। ‘ग्राहकको निकै भीड लाग्ने गरेकोछ, दुई दिनमै १६ स्कुटर बिक्री भएका छन्,’ यादवले भने।
विद्युतीय स्कुटर हेर्न पनि सर्वसाधारणको घुइचो लाग्ने गरेको छ।










-1754206481.jpg)
