Kathmandu Press

शिक्षक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन संशाेधन गर्न माग

काठमाडाैं, पुस ८ : एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन संशाेधन वा खारेज गर्न माग गरेका छन्। उनले...
शिक्षक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन संशाेधन गर्न माग

काठमाडाैं, पुस ८ : एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन संशाेधन वा खारेज गर्न माग गरेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी उनले गरेका हुन्।

‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदरलगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि उनले फेसबुकमा लेखेका छन्।

 ‘प्रदेश २ मा रहेको धेरै जनसङ्ख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट र पद सङ्ख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य र स्वाभाविक मान्न सकिँदैन,’ उनले लेखेका छन्।

आयोगले बुधबार निमाविका लागि २ हजार ५ सय ९८ शिक्षकको माग गदैृ विज्ञापन खुला गरेको थियो।

प्रकाशित मिति: १३:४१ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्