Kathmandu Press

स्थानीय तहका कर्मचारीको सरुवा स्थगित

काठमाडौं, पुस ८ : सरकारले स्थानीय तहका कर्मचारीको सरुवा स्थगित गरेको छ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत रवीन्द्रप्रसाद पौड्यालले बुधबार एक...
स्थानीय तहका कर्मचारीको सरुवा स्थगित

काठमाडौं, पुस ८ : सरकारले स्थानीय तहका कर्मचारीको सरुवा स्थगित गरेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत रवीन्द्रप्रसाद पौड्यालले बुधबार एक सूचना जारी गर्दै हाललाई स्थानीय तहका कर्मचारीको सरुवा स्थगित गरेको हो।

‘लोकसेवा आयोगबाट स्थानीय तहमा सिफरिस भई स्थायी नियक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउनेसम्बन्धी कार्य यस मन्त्रालयको पुस ६ गते गरिएको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि स्थगित भएको बेहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ जार िसूचनामा उल्लेख छ।   

मन्त्रालयले मंसिर १९ र २० गतेको निर्णयअनुसार सोही महिनाको २१ गते स्थानीय तहका १ हजार ६ सय १३ जना कर्मचारीलाई अन्तर स्थानीय तहमा सरुवा गरेको सूचना जारी गरेर सोही बमोजिम काम गर्न गराउन निर्देशन गरेको थियो। 

सोही निर्देशनबमोजिम अन्तर स्थानीय तह कमृचारीलाई कामकाजमा खटाउने काम भइरहेको थियो। 

प्रकाशित मिति: १३:०१ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्