Kathmandu Press

वाग्मती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

हेटौंडा, पुस ८ : वाग्मती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  प्रमुख प्रतिपक्षी दल एमालेले आज (बिहीबार) बैठक अवरोध गरेपछि सभामुख सानुकुमार...
वाग्मती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

हेटौंडा, पुस ८ : वाग्मती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  प्रमुख प्रतिपक्षी दल एमालेले आज (बिहीबार) बैठक अवरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्।

मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे बैठकमा अनुपस्थित रहेको भन्दै एमालेले बैठक अवरोध गरेको थियो। आफ्नो पार्टीले उठाएका प्रश्‍नहरूको जवाफ मुख्यमन्त्री पाण्डेले नै दिनुपर्ने भन्दै एमालेले बैठकमा अवरोध सिर्जना गरेको हो।  

एमालेले मुख्यमन्त्री पाण्डेले धादिङमा दिएको सार्वजनिक अभिव्यक्तिबारे माफी माग्नुपर्ने भन्दे आएको छ। त्यस्तै मन्त्रालय विभाजनबारे मुख्यमन्त्रलिे स्पष्ट जवाफ दिनुपर्ने माग पनि एमालेको छ।

एमालेको नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले सुरु गरेका गौरवका आयोजना कटौती गरिएकाले ती सबै फिर्ता हुनुपर्ने आवाज पनि एमालेले उठाउँदै आएको छ।

एमालेले विरोध गरेपछि बुधबारको प्रदेशसभा बैठक स्थगित गरी आजका लागि बोलाइएको थियो।

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्