रिहाईको माग गर्दै चार्ल्स शोभराजको निवेदन सर्वोच्चमा, आज सुनुवाई हुँदै
काठमाडौं, पुस ८ : बिकिनी किलरको उपनामले परिचित फ्रान्सेली कुख्यात सिरियल किलर चार्ल्स शोभराजले आफूलाई रिहा गरिपाउँ भनि दिएको निवेदनमा आज सुनुवाई हुने...
काठमाडौं, पुस ८ : बिकिनी किलरको उपनामले परिचित फ्रान्सेली कुख्यात सिरियल किलर चार्ल्स शोभराजले आफूलाई रिहा गरिपाउँ भनि दिएको निवेदनमा आज सुनुवाई हुने भएको छ।
नेपालमा बसेर दुई विदेशी नागरिकको हत्या गरेको अभियोगमा शोभराज लामो समयदेखि कारागारमा छन् । उनले आफू वृद्ध भएका कारण सजाय मिनाह हुनुपर्ने माग राख्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए।
शोभराजले दिएको निवेदन न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासको पहिलो नम्बरमा परेको हो।
कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको छ । शोभराजले पनि आफ्नो उमेर ७७ वर्ष पुगिसकेको कारण आफूले पनि उक्त सुविधा पाउनुपर्ने दावी गर्दै आएका छन्।
तर विदेशी कैदीबन्दीको हकमा उक्त नियमावलीले केही नबोलेको कारण के गर्ने भन्ने अन्योल नै रहेको छ।











