माओवादीको राष्ट्रिय सम्मेलनमा प्रवासबाट ३५ प्रतिनिधि सहभागि हुने
काठमाडौं, पुस ७ : नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रवासबाट ३५ प्रतिनिधि सहभागि हुने भएका छन्। कपा माओवादी केन्द्रको प्रवास समन्वय समितिको आयोजनामा नेपाली जन...
काठमाडौं, पुस ७ : नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रवासबाट ३५ प्रतिनिधि सहभागि हुने भएका छन्।
नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिको आयोजनामा नेपाली जन प्रगतिशील मञ्चको प्रथम अन्तरराष्ट्रिय भेलाबाट ३५ प्रतिनिधिको टुंगो लगाइएको हो।
पुस २ गते भर्चुअल माध्यमबाट भएको अन्तर्राष्ट्रिय प्रतिनिधिको नामावली पेश भएको थियो। प्रगतिशील मञ्चको भेलाले उक्त सूचीलाई पारित गरेसँगै राष्ट्रिय सम्मेलनमा प्रवासबाट ३५ प्रतिनिधि सहभागी हुने निश्चित भएको हो ।
समितिका अनुसार ओसिनिया क्षेत्रबाट शेषमणि शर्मा, मनऋषि धिताल, निरञ्जन गौली, ईश्वर पौडेल सम्मेलनमा सहभागी हुनेछन्।
यसैगरी दक्षिण एसियाबाट युवराज भण्डारी, चक्रबहादुर विक ९मताली०, राजेन्द्रबहादुर सुवेदी, प्रकाशबहादुर स्याढा, जगतबहादर सुनार, रामबहादुर खड्का, मोहनबहादुर देवकर, एनबहादुर रावल तथा पश्चिम एसिया क्षेत्रबाट नवराजकुमार ओली ९शनिकुमार०, शिवराज जैसी, बाबुराम विश्वकर्मा, उमेश बिक, राजेन्द्र देवकोटा, रमेश भट्ट चयन भएका छन्।
यसैगरी पूर्वी एसिया क्षेत्रबाट रमेश तिवारी, चूडामणि अधिकारी, भवानी पन्त, मुक्ति मरासिनी र प्रेम पाण्डे प्रतिनिधि चयन भएका छन् भने युरोप क्षेत्रबाट सुरेन्द्र भुसाल, जानुका धमला, तुलप्रसाद छन्त्याल, लोकबहादुर नेपाली, चित्र सुवेदी, वीरमान घर्ती चयन भएका छन्।
यसैगरी अमेरिकाज क्षेत्रबाट खुमबहादुर पाठक र नारायण कँणेल चयन हुँदा भारतमा रहेका राजु पाठक र क्यानडामा रहेका राजेन्द्रप्रसाद पोखरेल पनि प्रतिनिधि चयन भएका छन् । यसैगरी प्रवास समन्वय कार्यालयबाट टेकबहादुर पाठक क्षेत्री र इन्द्रराज भट्टराई प्रतिनिधि चयन भएका छन्।











