विवेकशील साझा छाड्ने रञ्जु दर्शनाको घोषणा
‘म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ जुन मैले सफा गर्ने कोसिस पनि गरें तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें तसर्थ म यहि संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ,’ उनले भनेकी छन्।
काठमाडौं, पुस ८ : यसअघिको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर चर्चा कमाएकी विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्यागको घोषणा गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले वैकल्पिक राजनीतिको खोल ओडेर नेपालमा अत्याधिक फोहोर गरिरहेको र सफा गर्ने कोशिस गरेपनि असमर्थ रहेका कारण पार्टीबाट अलग हुने घोषणा गरेकी हुन्। वक्तव्यमा पार्टीमा लिएको सबै जिम्मेवारीका साथै साधारण सदस्य समते नरहने गरी विवेकशील साझाबाट अलग हुने उल्लेख गरेकी छन्।
अब आफू एक सचेत र स्वतन्त्र नागरिकको भूमिकामा मात्रै सक्रिय रहने बताएकी छन्।
‘म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ जुन मैले सफा गर्ने कोसिस पनि गरें तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें तसर्थ म यहि संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ,’ उनले भनेकी छन्।
दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन्।