Kathmandu Press

चार हजारको मतदाता नामावली दर्ता

दमौली, पुस ८ : तनहुँ जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानमा स्थानीय तहबाट चार हजार मतदाताको नामावली सङ्कलन गरिएको छ। पहिलोचरणमा...
चार हजारको मतदाता नामावली दर्ता

दमौली, पुस ८ : तनहुँ जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानमा स्थानीय तहबाट चार हजार मतदाताको नामावली सङ्कलन गरिएको छ। पहिलोचरणमा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित अभियानमा  तीन हजार ९१४ जनाको फोटोसहितको नामावली सङ्कलन गरिएको हो। 

भिमाद नगरपालिकाबाट एक हजार १७, घिरिङ गाउँपालिकाबाट ७२९, म्याग्दे गाउँपालिकाबाट ५३५, बन्दिपुर गाउँपालिकाबाट ९२५ र देवघाट गाउँपालिकाबाट ७०८ जनाको नामावली सङ्कलन भएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए।

Hardik ivf

मङ्सिर १७ गतेदेखि २६ गतेसम्म पहिलो चरणमा पाँच स्थानीय तहमा अभियान सञ्चालन गरिएको थियो । यही अवधिमा प्रशासन कार्यालयबाट ३६३ र निर्वाचन कार्यालयबाट १३८ जनाको नामावली सङ्कलन भएको थियो । जिल्ला बाहिरका ३१ जनाले पनि निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएको उनले बताए। 

यसबीचमा चार हजार ४४६ जनाको विवरण सङ्कलन भएको छ । ‘दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ,’ उनले भने,‘परिचयपत्र हराएकाले पनि पुनःनाम दर्ता गराएको हुनसक्छ।’

दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन भइरहेको छ। जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली सङ्कलन हुँदै आएकामा सर्वसाधारणको सहजताका लागि स्थानीय तहबाटै सङ्कलन अभियान सुरु गरिएको हो । 

मतदाता नामावली सङ्कलनका लागि नौ दर्तास्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ दर्तास्थल सहायक गरी ३२ कर्मचारी परिचालन गरिएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ । 

स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार ४४६ मतदाता पुगेका थिए । विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म दुई हजार ८१७ मतदाता थपिएका छन्। 

प्रकाशित मिति: ११:२३ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्