Kathmandu Press

कांग्रेस अधिवेशन : प्रदेश २ मा मतदान शुरु 

काठमाडौं, पुस ८ : प्रदेश नम्बर २ मा नेपाली कांग्रेसका नेतृत्व चयन गर्नका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि मतदान हुने भनिएपनि...
कांग्रेस अधिवेशन : प्रदेश २ मा मतदान शुरु 

काठमाडौं, पुस ८ : प्रदेश नम्बर २ मा नेपाली कांग्रेसका नेतृत्व चयन गर्नका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि मतदान हुने भनिएपनि केही ढिला गरी मतदान सुरु भएको हो। 

प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले पहिलो मत मतदान गरेका थिए । त्यस लगत्तै दोस्रो मत अर्का सभापति पदका उम्मेदवार रामसरोज यादवले मत गरेका थिए ।

मतदान ४ वटा बुथमा  भइरहेको छ । एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ । सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँग सँगै बुथ बनाइएको छ ।

नेतृत्वका लागि सभापति शेरबहादुर देउवा पक्ष काँग्रेस कृष्णको नेतृत्वमा प्यानलसहित चुनावी मैदानमा आएको छ  भने नेता विमलेन्द्र निधि र शेखर कोइराला पक्षले काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोजको नेतृत्वमा प्यानल बनाएको छ ।

कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् । यस्तै महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी  भनेका छन् भने सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादव प्रतिस्पर्धामा छन् । 

निधि–कोइराला समूहका रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनाल उम्मेदवार भने महामन्त्रीमा नरेश यादव र हरेस यादव चुनावी मैदानमा छन् ।

यस्तै सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवार छन्।

नयाँ नेतृत्व चयन गर्नका लागि १९८० मतदाताले मतदान गर्नेछन्। 

प्रकाशित मिति: ११:०७ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्