कांग्रेसको केन्द्रीय कमिटीकाे पहिलाे बैठक पुस १० गते
काठमाडौं, पुस ८ : नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्यको बैठक यही पुस १० गते बस्ने भएको छ।मंसिर २४ देखि २७ गतेसम्म भएको १४ औं...
काठमाडौं, पुस ८ : नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्यको बैठक यही पुस १० गते बस्ने भएको छ।
मंसिर २४ देखि २७ गतेसम्म भएको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको पहिलो बैठक शनिबार बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बिहीबारसम्म सबै सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु हुने बताइएको छ। आज बिहानसम्म १०६ पदको मतपरिणाम सार्वजनिक भइसकेको छ । अब खसआर्यतर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
१४ औं महाधिवेशनमा १३ पदाधिकारीसहित १३४ पदका लागि निर्वाचन भएको थियो। अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ।
कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा एकजना कोषाध्यक्षलाई मनोनित गरिने छ भने सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।











