Kathmandu Press

कांग्रेसको प्रदेश २ मा नेतृत्व चयनका लागि मतदान हुँदै

जनकपुर, पुस ८ : नेपाली कांग्रेसको प्रदेश २ मा नेतृत्व चयनका लागि आज बिहान मतदान हुँदै छ।बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि...
कांग्रेसको प्रदेश २ मा नेतृत्व चयनका लागि मतदान हुँदै

जनकपुर, पुस ८ : नेपाली कांग्रेसको प्रदेश २ मा नेतृत्व चयनका लागि आज बिहान मतदान हुँदै छ।

बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको थियो। जसले गर्दा निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्ने तय गरेको हो।

जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए। सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।

कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन्।

प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ।

प्रकाशित मिति: ०७:४१ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्