Kathmandu Press

दलित महिलातर्फ सबै केन्द्रीय सदस्य देउवा पक्षका

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दलित महिलातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ।
दलित महिलातर्फ सबै केन्द्रीय सदस्य देउवा पक्षका

काठमाडौं, पुस ८ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दलित महिलातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ।

दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनीहरु चारै जना कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन्।

लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य थिए। त्यस्तै, शान्ति र रुपाले नयाँ केन्द्रीय सदस्य बनेका छन्।

दलित महिलातर्फको चार सदस्यका लागि १३ जनाले प्रतिस्पर्धा गरेका थिए।

यसअघि सम्पन्न दलित खुलातर्फको केन्द्रीय सदस्यमा पनि देउवा पक्षकै बाहुल्य छ। निर्वाचन समितिका अनुसार दलित खुलातर्फ मानबहादुर नेपाली, प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन्।

उनीहरुमध्ये स्नेही डा. शेखर कोइराला पक्षका हुन् भने अन्य सबै देउवा पक्षका हुन्। दलित खुला तर्फको पाँच सदस्यका लागि २१ जनाले प्रतिस्पर्धा गरेका थिए।

कांग्रेसको पदाधिकारीसहित खुला, महिला, प्रदेश, मधेशी, मुस्लिमतर्फको केन्द्रीय सदस्यको मत गणना सकिएको छ। अब केही क्लस्टरको मात्रै बाँकी छ।

प्रकाशित मिति: ०६:५८ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्