माओवादी प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित
विराटनगर, पुस ८ : नेकपा (माओवादी केन्द्र)को प्रदेश १ समिति अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित भएका छन्।गएराति सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार मेन्याङ्बोलाई पराजित गर्दै...
विराटनगर, पुस ८ : नेकपा (माओवादी केन्द्र)को प्रदेश १ समिति अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित भएका छन्।
गएराति सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार मेन्याङ्बोलाई पराजित गर्दै उनी अध्यक्ष बनेका हुन्। नेम्वाङले १६९ मत प्राप्त गरे भने मेन्याङ्बोले ६४ मत पाए। सात मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
त्यस्तै, उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार डाँगी निर्वाचित भएका छन्। साम्पाङले १११, चाम्लिङले १२० र डाँगीले ११३ मत प्राप्त गरे।
सचिवमा गणेश उप्रेती १४८ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत प्राप्त गरे।
यसैगरी, सहसचिवमा कुमारी राई (११४), सागर किराँती (७३) र ऋषिराम ढुंगाना (९५) निर्वाचित भएका छन्। रेवतराज पुरी कोषाध्यक्षमा निर्वाचित भएका छन्। उनले ९३ र अर्का उम्मेदवार बन्दना झाँगडले ५७ मत प्राप्त गरिन्।
प्रदेश १ मा २४० जनाले मतदान गरेका थिए। नौ पदका लागि २९ जना प्रतिस्पर्धामा उत्रिएका थिए।











