Kathmandu Press

सर्लाही चेम्बरको अध्यक्षमा प्रधान चयन 

काठमाडौं, पुस ७ : नेपाल चेम्बर अफ कमर्स सर्लाही जिल्ला कार्यसमितिको अध्यक्षमा रामभक्त प्रधान चयन भएका छन् ।मंगलबार भएको जिल्ला कार्यसमितिको पहिलो साधारणसभाले...
सर्लाही चेम्बरको अध्यक्षमा प्रधान चयन 

काठमाडौं, पुस ७ : नेपाल चेम्बर अफ कमर्स सर्लाही जिल्ला कार्यसमितिको अध्यक्षमा रामभक्त प्रधान चयन भएका छन् ।

मंगलबार भएको जिल्ला कार्यसमितिको पहिलो साधारणसभाले प्रधानको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सर्लाही चेम्बरको वरिष्ठ उपाध्यक्षमा बैकुण्ठ सापकोटा, सुगन्ध गुप्ता निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा हरि मोहन ठाकुर, विकास गोयल र राजकुमार श्रेष्ठ निर्वाचित भए ।

यसैगरि महासचिवमा सुशील चालिसे, उपमहासचिव कमलेश शाह, सचिवहरुमा रुद्र बहादुर श्रेष्ठ, रामपृत चौधरी र राजेश चौधरी निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा पवित्रा घिमिरे निर्वाचित भए । नवनिर्वाचित कार्यसमितिले जिल्लाको आर्थिक गतिविधीलाई अघि वढाउन सझा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

चेम्बर जिल्ला कार्यसमितिको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक दृष्टिकोणले सर्लाही जिल्ला अग्रणी रहेको बताए ।

उखु, गोलभेँडा, विकासे मकै र तरुलको सबैभन्दा वढी उत्पादन हुने जिल्लाका रुपमा समेत सर्लाही चिनिएको अध्यक्ष मल्लले बताए । 

प्रकाशित मिति: २०:५८ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्