एससीसीबारे सत्तारुढ कार्यदलद्वारा प्रारम्भिक छलफल सुरु
काठमाडौं, पुस ७ : एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ ।नेकपा एकीकृत समाजवादीका नेता एवम्...
काठमाडौं, पुस ७ : एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ ।
नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न आजबाट छलफल गरिएको हो ।
कार्यदलका संयोजक खनालको डल्लुस्थित निवासमा बसेको पहिलो बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको बताईएको छ । कार्यदलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्याएर सञ्चार माध्याममार्फत् नेपाली जनतालाई सुसूचित गर्ने योजना पनि बनाएको छ ।
सत्तारुढ पाँच दलले केही दिन अघि एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र काँग्रेस नेता समेत रहेका मन्त्री कार्की सम्मिलित ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।
प्रकाशित मिति: २०:२१ बजे, बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











