Kathmandu Press

कांग्रेस प्रदेश २ अधिवेशनः  मतदान बिहिबारलाई सर्‍यो

कांग्रेस प्रदेश २ अधिवेशनः  मतदान बिहिबारलाई सर्‍यो

काठमाडौं, पुस ७ : प्रदेश कांग्रेस २ अधिवेशनअन्तर्गत आजका लागि तय गरिएको मतदान सरेको छ ।

मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान सारिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार मतदान भोलि बिहान ८ बजेसम्मका लागि सारिएको छ ।

नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको हो । सभापतिमा संस्थापन पक्षका उम्मेदवार रामकृष्ण यादव छन् भने विमलेन्द्र निधि–शेखर कोइराला पक्षबाट रामसरोज यादवलाई उम्मेदवार बनाइएको छ । 

प्रकाशित मिति: १८:४१ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्