Kathmandu Press

संसदलाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको छ : खनाल

काठमाडौं, पुस ७ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमालेले संसदलाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको आरोप...
संसदलाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको छ : खनाल

काठमाडौं, पुस ७ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमालेले संसदलाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको आरोप लगाएका छन्।

आज (बुधबार) को प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेता खनालले भने, ‘यो एउटा अराजकतावादी कुरा हो। जोसँग तर्कहरू सिद्धिन्छन्, शक्ति सिद्धिन्छ। बौद्धिकता सिद्धिन्छ। मर्यादा सिद्धिन्छ। सवैधानिकता सिद्धिन्छ। त्यस्ता मानिसहरू बल प्रयोगमा लाग्छन्।’

एमालेको कदमलाई मूर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि नभएको उललेख गरे। संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरू उठाउने, राष्ट्रका नीति, कार्यक्रम, बजेट, ऐन, कानुनहरू, संकल्पहरू निर्माण गर्ने थलो हो भएकाले त्यसलाई बन्धक बनाएर राष्ट्र चल्न नसक्ने उनले तर्क गरे।

उनले एमाले नेतृत्व धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त भएको बताए।

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्