Kathmandu Press

कांग्रेस प्रदेश २ अधिवेशन : पाँचजना निर्विरोध निर्वाचित

धनुषा, पुस ७ : प्रदेश २ को राजधानी जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँच सदस्य निर्विरोध निर्वाचित भएका छन्।प्रदेश निर्वाचन समितिले...
कांग्रेस प्रदेश २ अधिवेशन : पाँचजना निर्विरोध निर्वाचित

धनुषा, पुस ७ : प्रदेश २ को राजधानी जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँच सदस्य निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार पाँच समस्य निर्विरोध भएका हुन्। प्रदेश सदस्य खुलामा सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध भए।

महिला सदस्यमा सप्तरीकी विमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए।

प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ्नी निर्विरोध निर्वाचित भएकी छन्। उक्त पदमा उम्मेदवारी दिएको रत्ना लामाले उम्मेदवारी फिर्ता लिएपछि तामाङ्नी निर्विरोध निर्वाचित भएकी हुन्।

प्रकाशित मिति: १८:०२ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्