नेपालमा थप एकजनामा ओमिक्रोन संक्रमण पुष्टि
काठमाडाैं, पुस ७ : नेपालमा थप एकजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले आज (बुधबार) प्रेस ब्रिफिङका क्रममा ५८...
काठमाडाैं, पुस ७ : नेपालमा थप एकजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले आज (बुधबार) प्रेस ब्रिफिङका क्रममा ५८ वर्षीय पुरुषमा ओमिक्रोन ओमिक्रोन संक्रमण पुष्टि भएको र उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेसनमा रहेको जानकारी दिएकी हुन्।
उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको पनि जनाइएको छ। यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। दुवैजना संक्रमणमुक्त भइसकेको जनाइएको छ।
प्रवक्ता मिश्राले २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको पनि जानकारी गराइन्।
प्रकाशित मिति: १७:१० बजे, बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











