Kathmandu Press

इथियोपियामा भेटियो मानवजातिको ३८ लाख वर्ष पुरानो मानव खप्पर 

इथियोपियामा ३८ लाख वर्ष पुरानो मानव खप्पर फेला परेको छ। यो नै मानवीय उद्विकासको सबैभन्दा पुरानो खप्पर हो।

उक्त मानव खप्पर “लुसी” प्रजातिको अष्ट्र....

इथियोपियामा भेटियो मानवजातिको ३८ लाख वर्ष पुरानो मानव खप्पर 

इथियोपियामा ३८ लाख वर्ष पुरानो मानव खप्पर फेला परेको छ। यो नै मानवीय उद्विकासको सबैभन्दा पुरानो खप्पर हो।

उक्त मानव खप्पर “लुसी” प्रजातिको अष्ट्रेलोपिथेकस एफरेन्सिसको पूर्खा अष्ट्रेलोपिथेकस एमनामेन्सिस भएको विश्वास गरिएको छ। मानव पूर्खाहरू रूखबाट ओर्लेर दुई खुट्टामा हिड्ने बेलाको हो। तर उनीहरूको अनुहार बाँदरको जस्तै थियो। बलियाँ बङ्गारा थिए र मष्तिष्कको आकार पनि सानो थियो। उनीहरू अष्ट्रेलोपिथेकसको सबैभन्दा पुरानो समूहमा पर्दछन्।

मानव उद्विकासमा लुसीले निकै चर्चा पाइन्। लुसीको पूर्वजका केही दाँत, हातका केही हाड र टाउकोका केही टुक्राहरू मात्रै भेटिएका थिए। यसले उनीहरू कस्ता देखिन्थे र जीवनशैली कस्तो थियो त्यसबारे खासै जानकारी उपलब्ध थिएन। पछिल्लो खोजले वयस्क पुरूष खप्परको पूर्ण स्वरूप प्राप्त भएको छ। हाललाई उक्त खप्परको नाम “एमआरडी” राखिएको छ।

Hardik ivf

“अनुहार पाइएको छ,” जर्मनीस्थित म्याक्स प्ल्याङ्क इन्स्टिट्युट फर एभोल्युसनरी एन्थ्रोपोलोजीका स्टेफनी मेलिल्लोले भनिन्। लण्डनस्थित नेचरल हिस्ट्री म्युजियमका प्राध्यापक फ्रेड स्पूरले एमआरडीको खोजले प्रारम्भिक होमिनिन्सको उद्विकासबारे उल्लेखनीय जानकारी उपलब्ध भएको बताए। त्यो समयको जीवावशेषको अभिलेख ज्याँदै कम पाइन्छ। “यो खप्पर मानव उद्विकासको अर्को महत्त्वपूर्ण खोज हुनेछ,”उनले भने।

एमआरडीको मष्तिष्क सानो भएको खप्परले देखाउँछ। आधुनिक मानव मष्तिष्कभन्दा चौथाइ सानो तर बाँदरका केही चरित्र भने गुम्दै थियो। दाँतहरू अघिल्ला जीवावशेषभन्दा पनि साना छन्। बलिया बङ्गरा विकास भइरहेको र च्यापु प्रष्टै देख्न सकिन्छ। सुख्खा मौसममा थोरै खाना पाइने बेला यस्ता विशेषताले साह्रो खाना सहजै चपाउन सजिलो भएको वैज्ञानिहरूको अनुमान छ।

खप्परको उमेर तय तोक्ने क्रममा एनामेन्सिस र उसका वंशज लुसी कम्तिमा पनि एक लाख वर्षसम्म सहअस्तित्वमा रहेको खुलेको छ। यसले लामो समयदेखि स्थापित “लिनियर एभोल्युसन”को अवधारणालाई चुनौती दिएको छ जसअन्तर्गत एउटा प्रजाति लोप हुन्छ र त्यसो स्थान अर्कोले लिन्छ। ४२ देखि ३८ लाख वर्ष अघिसम्म अस्तित्वमा रहेको अनुमान गरिएको एनामेन्सिस नै लुसीको पूर्वज मानिएको छ।

लुसीको समूह छुट्टिएर गएपनि उनीहरू अस्तित्वमै थिए। भिरोलो जमिन, ज्वालामूखी, लाभाको बहावले उनीहरूको संख्या छरिएको हुनसक्ने भू-गर्भीय प्रमाणहरूले देखाउँछन्। पछि विभिन्न समूहको मुठभेड भएको र उनीहरूले खाना र आफ्नो क्षेत्रका लागि प्रतिस्पर्धा गरेका हुन सक्छन्।

क्लिभलेन्ड म्युजियम अफ नेचुरल हिस्ट्री र केस वेस्टर्न रिजर्भ युनिभर्सिटीका योहान्नेस हाइले सल्यासीले भने,“प्लायोसिनको समयमा मानव उद्विकास बुझ्न यसले ठूलो सहयोग गर्नेछ।” कम्तिमा ३० लाख वर्ष अघिसम्म जीवावशेष अभिलेखमा देखिने अफारेन्सिसबाट आधुनिक मानवको वंशज होमो उत्पत्ति भएको मानिन्छ। तर विभिन्न वंशजहरू सहअस्तित्वमा रहेको पत्ता लागेसँगै यो पूर्वानुमान गलत हुनसक्ने सम्भावना बढेको अनुसन्धाताहरू बताउँछन्।

“सही समय र स्थानमा पूर्वजका प्रजातिको उम्मेदवार धेरै भएपछि होमोलाई कसले जन्मायो भन्ने निर्धारण गर्नु चुनौतीपूर्ण भएको छ,” मेलिल्लोले भनिन्।स्पूरले एनामेन्सिसलाई “मानव उद्विकास स्वरूपको सबैभन्दा पुरानो प्रजाति र अभिन्न अंग” बताए। ४४ लाख वर्षअघिका आर्डीजस्ता पुराना जीवावशेष अझ विवादास्पद छन्। केहीले यसलाई मानव वंशज मानेका छन् भने अरू यसलाई लोप भएको बाँदरको प्रजाति मान्दछन्।

नयाँ जीवावशेषको पहिलो टुक्रा इथियोपियाको अफार क्षेत्रमा स्थानीय कामदारले सन् २०१६ को फेब्रुअरीमा भेटेका थिए। “खप्परको बाँकी भाग देख्दा मैले विश्वास नै गर्न सकिनँ। यो ठूलो खोज थियो। एउटा सपना साकार भएको थियो,” हाइले सल्यासीले भने।  

प्राप्त प्रमाणहरूले उनीहरू नदी छेउछाउ वा रूख र झाडीले घेरिएको कुनै तालको किनारमा बस्ने गरेको देखाउँछ।
 

प्रकाशित मिति: ०७:०५ बजे, आइतबार, भदौ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्