Kathmandu Press

पत्रकार सम्मेलन गर्दै क्यानका ६ बोर्ड सदस्यले भने– खेलाडीमाथिको नियोजित कारबाही तत्काल फिर्ता गरियोस्

काठमाडौं, पुस ७ : नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीमाथि गरेको कारबाहीप्रति क्यानकै बोर्ड सदस्यले प्रश्न उठाएका छन्। छुम्बी लामासहि ६...
पत्रकार सम्मेलन गर्दै क्यानका ६ बोर्ड सदस्यले भने– खेलाडीमाथिको नियोजित कारबाही तत्काल फिर्ता गरियोस्

काठमाडौं, पुस ७ : नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीमाथि गरेको कारबाहीप्रति क्यानकै बोर्ड सदस्यले प्रश्न उठाएका छन्। 

छुम्बी लामासहि ६ जना बोर्ड सदस्यले बुधबार पत्रकार सम्मलेन गर्दै खेलाडीमाथि गरिएको कारबाहीको तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

खेलाडी वर्गीकरणका विषयमा मिडियामा बोलेको भन्दै क्यानको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको थियो भने उनीहरुसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२१ को सेन्ट्रल कन्ट्याक्टमा ६ महिना नराख्ने निर्णय गरेको थियो।

क्यानका बोर्ड सदस्यहरू छुम्बी लामा, ऋषिराम गौतम, करन महतारा, अमितवीर पाण्डे, मोहम्मद दाउद अन्सारी र सञ्जयराज सिंह संयुक्त पत्रकार सम्मेलन गर्दै क्यानले हचुवाका भरमा खेलाडीमाथि काबारही गरेको आरोप लगाए। यी ६ बोर्ड सदस्यले खेलाडीमाथि काबरही गर्ने निर्णयमा पनि ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।

राष्ट्रका लागि योगदान गरेका खेलाडीमाथि क्यान नेतृत्वले नियोजित रुपमा कारबाही गरेको पनि बताए। उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आफ्नो मेहनत, परिश्रमले नेपाललाई टी-२० विश्कपमा पु¥याउने र एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण योगदान गरेका क्रिकेटरलाई सम्मानको बदला अनुशासनको नाममा क्यान नेतृत्वले नियोजित कारबाही गरेको छ। यसको हामी घोर भर्त्सना गर्दछौं। र, कारबही तत्काल फिर्ता माग पनि गर्छौं।’

क्यानमा अनुशासन समिति भएपनि त्यसलाई काम गर्न नदिएको आरोप पनि उनीहरुले लगाएका छन्। आफूखुसी निर्णय गर्न निर्णयकर्तालाई नै छानबिन समिति संयोजक बनाइएको र त्यसले छानबिन स्वतन्त्र नभएको पुष्टि गर्ने पनि उनीहरुको आरोप छ। 

‘बिडम्बना छ, अनुशासन समिति गठन हुँदाहुँदै सो समितिलाई कार्य गर्न नदिनु, एक्कासि संयोजकलाई हटाउनु, छानबिन समितिको नाममा निर्णयकर्ता नै संयोजक भएर बस्नुले नै स्वतन्त्र छानबिन हुने कुरालाई शंकाको घेरामा पुर्‍याउँछ’, विज्ञप्तिमा भनिएको छ। 

उनीहरुले छानबिन समितिको प्रतिवेदन बोर्ड सदस्यलाई नदेखाएकाले पनि खेलाडीमाथिको कारबही नियोजित हो भन्ने पुष्टि गर्ने बताएका छन्। उनीहरुले भनेका छन्, ‘हामी बोर्ड सदस्यलाई समेत जानकारी नगराउनु र हाम्रो असहमतिका बाबजुद खेलाडीको भविष्यमाथि खेलवाड हुने गरी कारबाही गरिनुले नेपाली क्रिकेटलाई कहाँ पुर्‍याउन खोजिएको हो भन्ने गम्भीर प्रश्न उठेको छ।’

विगतमा पनि ग्रेडिङका क्रममा क्यानले त्रुटि गरको र फेरि त्यस्तो नहोस भन्न कप्तानलगायत सबैसँग छलफल गर्नुपर्ने भनेर आवाज उठाएमा नेतृत्वले त्यसो नगरेको उनीहरुले बताएका छन्। उनीहरुले गत असोज २० र २१ गते सबेको बोर्ड बैकठमा कसैसँग छलफल नै नगरी खेलाडी ग्रेडिङको मापदण्ड र त्यसअनुसार ग्रेडिङको प्रस्ताव ल्याइएकाले अहिलेको विवाद देखिएको उल्लेख गरेका छन्।

‘त्यसबेला नै हामीले कप्तानलगायतसँग परामर्श गर्नुपर्छ भन्ने हाम्रो मत राखेका थियौं। तर, नेतृत्वले हाम्रो आवाजलाई सुन्न चाहेन, बुझ्न चाहेन । दुर्भाग्य, हामीले जे नहोस् भनेका थियौं, त्यही भयो,’ उनीहरुले भने। 

खेलाडीले ग्रेडिङमा असन्तुष्टि राखेपछि उनीहरुसँग सम्वाद गरेर सुल्झाउनु पर्नेमा क्यान नेतृत्व निहु खोजेर खेलाडीलाई कारबाही गर्ने तिर लागेकाले विवाद थप बढेको बताएका छन्।

‘हामीले खेलाडीहरुसँग सम्वाद गरेर विवाद सल्टाउने र अबका दिनमा यस्तो अवस्था आउन नदिन कसरी जाने भन्नेतिर जानुपर्ने थियो। तर, समस्या सुल्झाउनेभन्दा निहुँ खोजेर कारबाही गर्ने भन्नेतिर लाग्यौं कि भन्ने भान हुन थालेको छ,’ उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘वर्षौसम्म राष्ट्रिय टिममा रहेका खेलाडीलाई हचुवाको भरमा नियोजित तरिकाले कारबाही गर्दा आउँदो दिनमा हुने महत्वपूर्ण प्रतियोगितामा पर्ने असरका साथै नेपाली क्रिकेटको साख खस्कने अवस्था आउन सक्नतर्फ जिम्मेवार नेतृत्वले सोचेको छ?’

प्रकाशित मिति: १७:०१ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्