मुलुकभर २३६ कोरोना संक्रमित थपिए, २७२ जना संक्रमणमुक्त

काठमाडौं, पुस ७ : मुलुकभर पछिल्लो चौबिस घण्टाको अवधिमा २३६ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा २७२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ । त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ९ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाका कारण हालसम्म ११ हजार ५७९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १७:०० बजे, बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











