Kathmandu Press

एमसिसीबारे बाेल्दै नेता नेपालले भने- नेपालको जमिनमा नेपालकै अधिकार

रौतहट, पुस ७ :  नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी नहुने बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले...
एमसिसीबारे बाेल्दै नेता नेपालले भने- नेपालको जमिनमा नेपालकै अधिकार

रौतहट, पुस ७ :  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको जमिनमा नेपालकै अधिकार हुने बताए। नेपालको निर्माण र नेपालीलाई रोजगार सिर्जना गर्ने अधिकार पनि नेपालकै हुने धारणा उनले व्यक्त गरे। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आज (बुधबार) रौतहटको वृन्दावन नगरपालिका-५ नरकटियामा स्वास्थ्य चौकी उद्घाटन गर्ने क्रममा एमसिसीबारे बाेल्दै नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुन नहुने स्पष्ट पारे। 

उनले नेपालले एमसिसी पास गर्दा छिमेकी देशलाई पनि ध्यानमा राख्नुपर्ने खालको आशय प्रकट गरे। कुनै पिन विरोधमा छिमेकी देशविरूद्ध नेपाल लाग्न नहुने उनकाे भनाइ थियाे।

उनले एमाले अध्यक्ष केपी ओलीले सरकारमा रहँदा एमसिसीबारे नयाँ प्रस्ताव ल्याएर जनतामा भ्रम सिर्जना गरेको आरोप पनि लगाए।

गठबन्धन र पार्टीभित्र एमसिसीबारे छलफल भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्