Kathmandu Press

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं, पुस ७ : एमाले अध्यक्ष केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।ओलीलाई भेट्न राजदूत यान्छी आज (बुधबार) बालकोट...
एमाले अध्यक्ष ओली र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं, पुस ७ : एमाले अध्यक्ष केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

ओलीलाई भेट्न राजदूत यान्छी आज (बुधबार) बालकोट पुगेकी थिइन्। एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार भेटका क्रममा राजदूत यान्छीले एमाले अध्यक्षमा चुनिएको भन्दै ओलीलाई बधाई तथा शुभकामना दिइन्।

राजदूत यान्छीले नेपालको राजनीतिप्रति विशेष चासो राख्दै विभिन्न दलका शीर्ष नेतालाई भेट्ने गर्दै आएकी छन्।

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्