Kathmandu Press

माओवादी केन्द्रको प्रदेश १ मा नेतृत्व चयनका लागि ७ बजेदेखि मतदान 

काठमाडौं, पुस ७ : प्रदेश १ मा माओवादी केन्द्रको नेतृत्व र पदाधिकारी चयनका लागि ७ बजेदेखि मतदान हुने भएको छ। प्रदेशको नेतृत्व र पदाधिकारी...
माओवादी केन्द्रको प्रदेश १ मा नेतृत्व चयनका लागि ७ बजेदेखि मतदान 

काठमाडौं, पुस ७ : प्रदेश १ मा माओवादी केन्द्रको नेतृत्व र पदाधिकारी चयनका लागि ७ बजेदेखि मतदान हुने भएको छ। प्रदेशको नेतृत्व र पदाधिकारी सहमतिमा चयन गर्न नसकेपछि अध्यक्ष प्रचण्डको निर्देशनपश्चात निर्वाचन हुन लागेको हो। 

विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् ।

माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ । धेरै आकांक्षी भएका कारण सहमतिबाट पदाधिकारी चयनको प्रयास असफल भएको थियो ।

९ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी छन् । अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् ।

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्