नाडाका नवनिर्वाचित अध्यक्ष थापाले गरे पदभार ग्रहण
काठमाडौं, पुस ७ : अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष ध्रुवबहादुर थापाले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन्।आज...
काठमाडौं, पुस ७ : अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष ध्रुवबहादुर थापाले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन्।
आज (बुधबार) नाडाको केन्द्रीय सचिवालय टेकुमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले उनलाई शपथ गराए।
त्यसक्रममा अध्यक्ष थापाले नाडाको गरिमा उच्च हुने गरी काम गर्ने बताए। सम्पूर्ण कार्यसमितिको साथ र सहयोग लिएर नै आफू अगाडि बढ्ने र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए।
योसँगै थापाले निर्वाचित १७ जना केन्द्रीय सदस्यसहित तीन मनोनीत सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाए। गत मंसिर २२ र २३ गते राजधानीमा सम्पन्न नाडाको ४५औं साधारणसभाले थापालाई अध्यक्षमा चयन गरेको थियो।
प्रकाशित मिति: १६:०० बजे, बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











