एमालेकाे अवरोधपछि वाग्मती प्रदेशसभा बैठक स्थगित, भाेलि ११ बजे फेरि बस्ने
हेटाैंडा, पुस ७ : प्रतिपक्षी दल एमालेले वाग्मती प्रदेशसभा बैठकमा अवरोध सिर्जना गरेको छ।पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता डोरमणि पौडल बैठकको सुरुमै प्रदेश सरकारले प्रदेशकै...
हेटाैंडा, पुस ७ : प्रतिपक्षी दल एमालेले वाग्मती प्रदेशसभा बैठकमा अवरोध सिर्जना गरेको छ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता डोरमणि पौडल बैठकको सुरुमै प्रदेश सरकारले प्रदेशकै बेइज्जत गरेको भन्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध खनिएका थिए। त्यसलगत्तै एमालेका सांसदहरुले उभिएर विरोध जनाएका थिए।
अवरोधकै बीच सभामुख सानुकुमार श्रेष्ठले पटकपटक एमाले सांसदलाई बस्न आग्रह गरेका थिए। उनको आग्रहलाई उनीहरुले बेवास्ता गरेपछि भोलि (बिहीबार) ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो।
प्रकाशित मिति: १५:४८ बजे, बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


