Kathmandu Press

आदिवासी जनजाती तर्फ हजार मत गन्दा चिनकाजी श्रेष्ठ अगाडि, शीर्ष ९ मा कोको छन् ? 

काठमाडौं, पुस ७ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आदिवासी जनजाति तर्फको खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा जारी मतगणनाको...
आदिवासी जनजाती तर्फ हजार मत गन्दा चिनकाजी श्रेष्ठ अगाडि, शीर्ष ९ मा कोको छन् ? 
फाइल तस्बिर

काठमाडौं, पुस ७ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आदिवासी जनजाति तर्फको खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार चिनकाजी श्रेष्ठ सबैभन्दा अगाढि छन्। 

एक हजार मत गणना गरेर सकिँदा श्रैष्ठ ५०१ मत सहित शीर्षस्थानमा छन् । त्यस्तै  उमेश श्रेष्ठ ४६७ मतसहित दोस्रो स्थानमा छन् भने ४४४ मतसहित टेकबहादुर गुरुङ तेस्रो स्थानमा छन्। 

यसैगरी बहादुरसिंह लामा ४३९, दिलमान पाख्रिन ४०९, आङगेलु शेर्पा ३९४, तारामान गुरूङ ३९१, ओमबहादुर घर्ती ३४६, टेकप्रसाद गुरुङ ३४३, जितनारायण श्रेष्ठ ३३१ र महादेव गुरुङ ३१६ मतसहित प्रतिस्पर्धामा छन्। 

आदिवासी जनजाती क्लस्टरबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्