सिराहामा छुरा प्रहार प्रकरणमा संलग्न रहेकाे आरोपमा पाँच जना पक्राउ
काठमाडौं, पुस ७ : सिराहाको गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सुदाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा...
काठमाडौं, पुस ७ : सिराहाको गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सुदाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा २२ बर्षका भुवनप्रसाद महतो, १९ बर्षका श्रवणकुमार मण्डल, २० बर्षका कालु भन्ने रोहन विश्वकर्मा, १८ बर्षका सौकात खान र १९ बर्षका धर्मेन्द्र यादव रहेका छन्।
पक्राउ परेका पाँचै जनाविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत सिराहाबाट अनुमति लिइएको प्रहरीले जनाएको छ।
गोलबजारको लक्ष्मी मन्दिरदेखि पश्चिमतर्फ बाटोमा होहल्ला गरेको भन्दै रामकुमार सदाको समूह र दीपक साहको समूहबीच विवाद भएको थियो ।
सोही विवादमा झगडा हुँदा दीपक शाहको समूहले रामकुमार सदामाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । घटनामा सोही ठाउँका २६ बर्षका रिकेश सदा घाइते भएका थिए ।
प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले बताएको छ ।








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


