Kathmandu Press

ग्रीसमा सवारी दुर्घटनामा ज्यान गुमाउने चारै जना नेपाली रहेको पुष्टि, सबैको सनाखत

काठमाडौं, पुस ७ : ग्रीसमा सवारी दुर्घटनामा परि मृत्यु हुने चारै जना नेपाली नागरिक रहेको खुलेको छ।  मंसिर पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा ग्रीस...
ग्रीसमा सवारी दुर्घटनामा ज्यान गुमाउने चारै जना नेपाली रहेको पुष्टि, सबैको सनाखत

काठमाडौं, पुस ७ : ग्रीसमा सवारी दुर्घटनामा परि मृत्यु हुने चारै जना नेपाली नागरिक रहेको खुलेको छ।  

मंसिर पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा ग्रीस प्रवेश गर्ने क्रममा सवारी दुर्घटनामा परि चार जनाको ज्यान गएको थियो । तीमध्य एक नेपाली रहेको यसअघि नै सनाखत भइसकेको छ।

अन्य तीन जनाको सनाखत हुन नसकेपछि ग्रीस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय  संगठन (इन्टरपोल)मा मृतकको फोटो सार्वजनिक गरेको थियो। इन्टरपोलमा मृतकको फोटो सार्वजनिक भएपछि बाँकी तीन जना पनि नेपाली नागरिक रहेको खुलेको हो। 

मृत्यु हुनेहरुमा मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन्। सापकोटाको भने यसअघि नै सनाखत भइसकेको छ। 
 
दुर्घटनामा अन्य दुई नेपाली घाइते भएका छन् ।  घाइते हुनेहरुमा  भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य रहेका छन्। उनीहरुको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। 

 गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपाली सहित आठ जना घाइते भएका थिए । 

प्रकाशित मिति: १४:०३ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्