एमालेकाे अवराेधबीच प्रतिनिधि सभाको बैठक अघि बढाइयाे
सभामुखले सापकोटाले पटकपटक आग्रह गर्दा पनि नाराबाजी गर्दै एमाले सांसदहरुले बैठकमा अवरोध सिर्जना गरेका छन्। अवरोधका बीच सभामुख सापकोटाले बैठक अघि बढाएका छन्।
काठमाडाैं, पुस ७ : प्रतिनिधि सभाको बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले अवरोध सिर्जना गरेका छन्।
उनीहरूले 'पक्षपातपूर्ण व्यवहार बन्द गर', 'संसदीय मर्यादा कायम गर', 'पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद' भन्ने नारा लगाएका थिए।
एमालेले आफ्नो पार्टीमा हुँदा कारबाहीका लागि सिफारिस गरेका र हाल नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापना गरेका माधव नेपालसहितका १४ सांसदलाई कारबाही नगरेसम्म संसद बैठक अवरुद्ध पार्ने अडान राख्दै आएको छ।
सभामुखले सापकोटाले पटकपटक आग्रह गर्दा पनि नाराबाजी गर्दै एमाले सांसदहरुले बैठकमा अवरोध सिर्जना गर्न छडेनन्। त्यसपछि अवरोधबीच सभामुख सापकोटाले बैठक अघि बढाएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा लगातार अवरोध गर्दै आइरहेको छ। आजको बैठकका लागि विभिन्न ९ कार्यसूची तय भएका छन्।
प्रतिनिधि सभाको दसौं अधिवेशनको पहिलो बैठकमा एमाले अवरोधका बीच ६ वटा अध्यादेश पारित भएका थिए। त्यस्तै दोस्रो बैठकले दुई अध्यादेश बहुमतबाट स्वीकृत भएको थियो।








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


